Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालुवाटारमा प्रचण्ड ओली भेट

बालुवाटारमा प्रचण्ड ओली भेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • ११:३८:४७ बजे
  • 1.2K
    SHARES
  • बालुवाटारमा प्रचण्ड ओली भेट
    मन्त्रीमण्डल पुनर्गठनको निर्णय गरीसकेको अवस्थामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

    आजै मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्नु अघि छलफल भएको हो । छलफलको ठोस एजेण्डा सार्वजनिक भएको छैन ।
    तर पछिल्लो समय नेकपा भित्रको विवाद मन्त्रीपरिषद् हेरफेर लगायतका विषयमा निर्णय भएसगैँ मत्थर भएको छ ।
    आज १२ बजे पछि आकस्मिक मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्रीले बोलाएका छन् ।

    यस अघिकै मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले कतिपय मन्त्रीहरुको यो बैठक अन्तिम हुन सक्ने सन्देश दिईसकेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology