Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास उपलब्ध जरुरी छ : कार्की

दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास उपलब्ध जरुरी छ : कार्की

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८० मंगलवार • १९:२२:२१ बजे
  • 640
    SHARES
  • दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास उपलब्ध जरुरी छ : कार्की

    सत्तारुढ कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकका लागि ठूल्ठुला भ्यू टावर र सिटी हलको आवश्यकता नभएको बताएका छन् ।

    images

    प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटका शीर्षकमाथिको छलफलमा मंगलबार भाग लिँदै उनले अहिले भ्यू टावरको आवश्यकता नरहेको बताए । सांसद कार्कीले देशको कुनै एउटा ठाउँमा भए पनि ऐतिहासिक हरित र सांस्कृतिक सहर निर्माण गर्ने काममा ध्यान दिन सरकारलाई सुझाव दिए ।

    गरिब आवास कार्यक्रमलाई झारा टार्ने ढंगले अघि नबढाउन पनि सरकारलाई उनले सचेत पनि गराए । ण् ‘हामीले बजेटमा उल्लेख गरेका छौं–अति विपन्न, लोपोन्मुख, दलित र सिमान्तकृत नागरिकहरूलाई आवास दिने बजेटमा हामीले जुन कुरा उल्लेख गरेका छौं । कमसेकम हाम्रो मन्त्रीको कार्यकालमा देखिने हिसाबले यो क्षेत्रमा विकास होस भन्ने म चाहन्छु ।

    अहिले हामीलाई ठूल्ठुला सहरको भन्दा गाउँलाई सहर बनाउने होइन । गाउँलाई सुविधासम्पन्न र व्यवस्थित गाउँ निर्माण गर्ने दिशामा पनि यो मन्त्रालयको ध्यान जान जरुरी छ’, उनले भने, ‘यो मन्त्रालयले हाम्रो सांस्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले हाम्रो मुलुक धेरै सम्पन्न र समृद्ध मुलुक हो ।

    ऐतिहासिक हरित र सांस्कृतिक एउटा भए पनि सहरको प्रारम्भ गर्न अहिले जरुरी छ । अहिले भ्यूटावरका, ठूल्ठूला सिटी हलको अहिले आवश्यकता छैन ।’

    अहिले सरकारको ध्यान दलित, विपन्न र सिमान्तकृत नागरिकलाई आवास उपलब्ध गराउनेमा हुनुपर्ने सांसद कार्कीको भनाई छ । बजेटमा उल्लेख गर्ने तर काम नगर्ने जस्तो व्यवहार सही नभएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # कार्की
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology