Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्याजको मूल्य घट्यो, किलोको ५२ रुपैयाँ

प्याजको मूल्य घट्यो, किलोको ५२ रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०८० मंगलवार • १९:५७:५२ बजे
  • 769
    SHARES
  • प्याजको मूल्य घट्यो, किलोको ५२ रुपैयाँ

    भारतबाट प्याजको आयात पुनः सुरु भएपछि भाउ पनि घटेको छ ।

    images

    आयातमा १३ प्रतिशत भ्याट लागेपछि व्यवसायीहरुले प्याज आयात गर्न छोडेका थिए । आयात रोकिएपछि बजारमा प्रतिकेजी ४५ रुपैयाँमा खरिद गर्दै आएका उपभोक्ताले प्रतिकेजी एक सय रुपैयाँभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था आएको थियो ।

    कालिमाटी फलफूल तथा तरकारी बिकास समितिका सुचना अधिकारी विनय श्रेष्ठका अनुसार सोमबारदेखि कालिमाटी तरकारी बजारमा भारतबाट प्याज भित्रिने थालेको हो । हिजोमात्र बजारमा ५६ टन प्याज भित्रिएको उनले बताए ।

    आयात भएसँगै कालिमाटी बजारले आजदेखि दैनिक मूल्यसूचीमा प्याज पनि समावेश गरेको छ । प्याजको मूल्य प्रतिकेजी ५२ रुपैयाँ तोकिएको छ । यसअघि भ्याट लागेका कारण कालिमाटी बजारमै प्याजको मूल्य ६० रुपैयाँ पुगेको थियो ।

    जेठ २० गतेदेखि प्याजको आयात ठप्प भएको थियो । व्यवसायीहरुले आयात महंगो हुने भन्दै आयात गर्न छोडेका थिए।व्यापारीहरुले स्टक सकिएको भनेपछि कालिमाटी बजारले असार ३ गतेसम्म प्याजको मूल्य कायम गरेको थिएन । यस्तै बजारले सार्वजनिक गर्ने दैनिक मूल्य सूचीबाट प्याजलाई हटाइएको थियो ।

    हाल भने स्वदेशी प्याज बजारमा आउन छोडेको सुचना अधिकारी श्रेष्ठको भनाई छ ।

    देशकै ठूलो तरकारी बजारमा प्याजको स्टक सकिएको भन्दै खुद्रा व्यापारीहरुले प्याजको मूल्य अत्याधिक बढाएर प्रतिकेजी एक सय ३० रुपैयाँसम्म पुर्याएका थिए । व्यवसायीहरुले पुनः आयात गर्न थालेपछि प्याजको मूल्य पुरानो कायम भएको छ ।

  • सम्बन्धित विषय:

  • # किलोको ५२ रुपैयाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology