Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अभिनेत्री दीपिकाले ड्रक्सको हिस्सा आफु रहेको स्विकार

अभिनेत्री दीपिकाले ड्रक्सको हिस्सा आफु रहेको स्विकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • १२:०३:४५ बजे
  • 2.3K
    SHARES
  • अभिनेत्री दीपिकाले ड्रक्सको हिस्सा आफु रहेको स्विकार

    एजेन्सी / शुसान्त सिंह राजपुतको आत्महत्याको केसबाट आएको अर्को बृहत विषय बनेको ड्रक्स केसमा शनिबार नारर्कोटिक्स सेन्ट्रल ब्यूरो ९एनसीबी० ले एक्सन मोडमा बलिउडका तीन अभिनेत्री दीपिका–सारा–श्रद्धासँग लगातार सोधपुछ गरेको छ । उक्त दिन कटाउन बलिउडका तीन अभिनेत्रीलाइ धेरै सकस भएको थियो । सोही दिन दीपिका–सारा–रकुलको मोबाइल जफतसमेत गरेको छ ।

    images

    स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएको छ, ‘दीपिकासँग सोधपुछ भइरहेको बेला दीपिका तीनपटक रोएकी थिइन् । यो देखेपछि एनसीबीका अधिकारीले उनलाई इमोशनल कार्ड नखेल्न सल्लाह दिएका थिए । एनसीबीका अधिकारीले हातै जोडेर उनलाई रुनुको साटो वास्तविकता बताइदिन आग्रह गरे । दीपिकाले सबैकुरा साँचो बोलेमात्रै उनको लागि राम्रो हुने बताइयो ।’

    एनसीबीले दीपिकाको मोबाइल पनि जफत गरेका छन् त्यसैले अब एनसीबीको अनुसन्धान त्यसै दिशामा अघि बढ्ने स्रोतले बताएको छ ।

    साढे पाँच घण्टासम्म चलेको सोधपुछमा दीपिकालाई सुशान्त सिंह राजपूत वा रियासम्बन्धि केही पनि प्रश्न सोधिएन । एनसीबीको सबै ध्यान दीपिकाको करिश्मासँग ड्रग्सबारे गरिएको कुराकानीमा मात्रै केन्द्रीत थियो । च्याटमा जुन ड्रग्सबारे कुरा भइरहेको थियो, आफू त्यसको हिस्सा भएको उनले स्विकार गरेकी छिन् ।

     

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology