म्याग्दी - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी सर्वसम्मत चयन भएका छन । नेकपाको धौलागिरी ब्युरोको मंगलवार सम्पन्न तेस्रो पूर्ण बैठकले राम सी लाई सेक्रेटरीमा चयन गरेको हो ।
पार्टीले दिएको जिम्मेवारी र विश्वासलाई आत्मसात गर्दै पार्टीको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको नेता राम सीले वताएका छन्। यो अवसर र जिम्मेवारीलाई पूर्ण रुपमा पुरा गर्न जस्तो परिस्थितिमा तयार रहने उनको भनाई थियो।नेता राम सी नेकपाको जिल्ला कमिटिको सचिवालय सदस्य , बेनी नगर कमिटिको इन्चार्ज, श्रमिक समुदायको केन्द्रीय सदस्य, तथा श्रमिक समुदायको ब्युरो संयोजक समेत भइसकेका छन् ।
५७ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका राम सी नेकपाको पूर्णकालीन कार्यकर्ताको रुपमा लामो समयदेखि काम गर्दै आएका छन्।