Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

‘भिटामिन डि’ शरिरमा पर्याप्त मात्रामा भए कोरोना संक्रमणबाट मर्ने सम्भावना कम

‘भिटामिन डि’ शरिरमा पर्याप्त मात्रामा भए कोरोना संक्रमणबाट मर्ने सम्भावना कम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०७७ आइतवार • १२:११:०२ बजे
  • 3.0K
    SHARES
  • ‘भिटामिन डि’  शरिरमा पर्याप्त मात्रामा भए कोरोना संक्रमणबाट मर्ने सम्भावना कम

    एजेन्सी / कोरोना संक्रमित मान्छे जसको शरिरमा पर्याप्त मात्रामा ‘भिटामीन डि’ रहेको छ , उसको मृत्युको जोखिम ५२ कम रहेको एक अध्ययनले देखाएको छ ।अमेरिकास्थीत बोस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययन गर्दा सो कुरा पत्ता लगाएका हुन् ।

    images

    अनुसन्धानकर्ताहरूले अध्ययनका क्रममा ‘भिटामीन डि’ को मात्रा पर्याप्त भएका बिरामीहरु अस्पताल भर्ना भएपछि मृत्युको सम्भावना कम रहेको जनाइएको छ । सोही समयमा गम्भीर बिरामी पर्ने जोखिम पनि’ भिटामिन डी’ को कारण १३ प्रतिशत कम पाइएको थियो।

    अध्ययनको क्रममा, ‘भिटामिन डि’ को मात्रा बढि भएका बिरामीहरुलाइ भेन्टिलेटरमा राख्नु पर्ने आवश्यकता पनि ४६ प्रतिशतले घटेको थियो। वैज्ञानिकहरूले भने कि भिटामिन डीले कुनै व्यक्तिको प्रतिरक्षा प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ, जसको कारण कोरोना बिरामीहरूलाई फाइदा पुग्छ ।

    बोस्टन विश्वविद्यालयका माइकल हल्लीकले एक अनुसन्धानमा पर्याप्त मात्रामा ‘भिटामिन डी ‘भएका मानिसहरूलाई कोरोना भाइरस संक्रमण हुन सम्भावना ५४ प्रतिशत कम रहेको पत्ता लगाएका हुन् ।

    अघिल्लो अध्ययनलाई अगाडि बढाउँदा वैज्ञानिकहरूले कोरोना बिरामीहरू र ‘भिटामिन डी’बीचको सम्बन्धको बारेमा नयाँ जानकारी प्राप्त गरे। हल्लीकको टोलीले तेहरानको अस्पतालबाट २३५ कोरोना बिरामीहरूको नमूना लिए। जसलाइ परिक्षण गर्दा ६७ प्रतिशत संक्रमितमा ‘भिटामिन डि’को मात्रा भन्दा कम थियो ।

     

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology