Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक वर्षभित्र पार्टीकाे महाधिवेशन गर्छौं : रवि लामिछाने

एक वर्षभित्र पार्टीकाे महाधिवेशन गर्छौं : रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८० बिहिवार • १३:३६:५९ बजे
  • 1.0K
    SHARES
  • एक वर्षभित्र पार्टीकाे महाधिवेशन गर्छौं : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताएका छन् ।

    images

    आज (बिहिबार) पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र महाधिवेशन गर्ने कुरामा अडिग रहेको बताएका हुन्। ‘कुनै अप्ठ्यारो परिस्थिति सिर्जना नभए एक वर्षभित्र महाधिवेशन गर्छौँ ।

    संगठन विस्तारका धेरै कामहरु छन् । समय बाँकी छैन । प्राथमिकताका कुरालाई क्रमशः क्रम संख्यामा राखेर अगाडि बढ्छौं ।’ विधि र विधान भन्दा बाहिर नगई सम्पूर्ण कार्य गर्ने उनको भनाइ छ ।

    धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पार्टीमा ल्याउने सम्भावना बारे पत्रकारको प्रश्नमा सभापति लामिछानेले आफु सय प्रतिशत सकारात्मक रहेको बताए ।

    ‘हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,’ उनले भने, ‘हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology