Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराएका सबै यात्रुको मृत्यु

टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराएका सबै यात्रुको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • १०:५५:२४ बजे
  • 520
    SHARES
  • टाइटानिकको भग्नावशेष हेर्न जाँदा हराएका सबै यात्रुको मृत्यु

    एजेन्सी । विश्वचर्चित टाइटानिक जहाजको भग्नावशेष अवलोकनमा जाँदा सम्पर्कविहीन भएको पनडुब्बीमा रहेका पाँचै जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार खोजीकर्ताले विष्फोट भएको पनडुब्बीको एक अवशेष फेला पारेको र उक्त अवशेषमा पाँचै जनाको शव भेटिएको छ ।

    images

    उक्त अवशेष १६ सय फिट गहिराईमा भेटिएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी कोष्टगार्डले पाँच जनाको मृत्युलाई एक विनाशकारी र हृदयविदारक घटना भएको बताएको छ ।

    जहाजमा सवार पुरुषहरूमा पनडुब्बी सञ्चालक कम्पनी ओशनगेटका ६१ वर्षीय सीईओ स्टकटन रश, बेलायती–पाकिस्तानी व्यापारी ४८ वर्षीय शाहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान र बेलायती व्यापारी हमिस हार्डिङ थिए ।

    यस्तै ७७ वर्षका पूर्व फ्रान्सेली नौसेना गोताखोर र प्रख्यात अन्वेषक पल–हेनरी नार्गोलेट पनि थिए । पनडुब्बी बेपत्ता भएपछि अमेरिका, क्यानाडाली, बेलायती र फ्रान्सेली टोलीहरू समावेश भएको ठूलो अन्तर्राष्ट्रिय टोलीले खोजी गरेको थयो । तर, अथक प्रयासका बावजुत पनि उनिहरुलाई बचाउन नसकेकोमा उद्दारकर्ताले क्षमा मागेका छन् ।

    ९६ घण्टाको लागि मात्रै अक्सिजन आपूर्ति भएको ‘ओसियन गेट टाइटन’ नामक उक्त पन्डुब्बी पाँचजना यात्रुसहित आइतबार सम्पर्कविहीन भएको थियो ।

    पनडुब्बी पानीमा छिरेको ८ घण्टामा फर्किसक्नुपर्ने थियो । तर पौने २ घण्टामै सम्पर्क टुटेको थियो । भित्रबाट खोल्न नमिल्ने उक्त पनडुब्बीलाई समुद्रमाथिबाट जहाजले नियन्त्रण गर्ने गरेको थियो ।

    उक्त यात्राका लागि अर्बपती ब्यापारीले करोडौं रुपैयाँ तिरेका थिए । हामिश यसअघि अन्तरिक्षमा समेत यात्रा गरिसकेका बेलायतका अर्बपति हुन् ।

    सन १९१२ अप्रिलमा डुबेको टाइटानिक जहाजको भग्नावशेष उत्तरी अटलान्टिकको सतहबाट करिब ४ किलोमिटर तल छ । उक्त भग्नावशेष सन १९८५ मा मात्रै पत्ता लागेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology