Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • ११:३६:५६ बजे
  • 571
    SHARES
  • गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् ।

    images

    गएराति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका–५ का प्रवीण थापा, वीरबहादुर थापा, नीरज थापा, नवीना थापा र धनबहादुर थापाको मृत्यु भएको थियो ।

    उनले भनेका छन् –‘गोरखा जिल्लाको शहीद लखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा पाँच जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु ।

    दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

    दुर्घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ जिपमा १९ जना सवार थिए । १२ जना घाइते भएका छन् भने २ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology