Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • १६:५९:०६ बजे
  • 994
    SHARES
  • ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म प्रदर्शन गर्ने चलचित्र संघको निर्णय

    सिनेमा हलहरुले ‘आदिपुरुष’बाहेकका हिन्दी फिल्म प्रदर्शन गर्ने भएको छ ।

    images

    चलचित्र प्रदर्शकहरुको संगठन नेपाल चलचित्र संघले ‘आदिपुरुष’बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको हो । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ‘आदिपुरुष’बाहेक अरु हिन्दी फिल्म प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिएको हो ।

    उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवं अन्य चलचित्र प्रदर्शन नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो ।

    उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ । साथै, नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको पनि संघले जनाएको छ ।

    केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले हिन्दी फिल्म ‘आदिपुरुष’मा रहेको एक सम्बादलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्म रोक लगाएका थिए ।

  • सम्बन्धित विषय:

  • # चलचित्र संघको निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology