Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १०, २०८० आइतवार • १२:३३:३६ बजे
  • 1000
    SHARES
  • बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

    images

    अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै कारवाहीको मागसहित निवेदन दर्ता गराएका हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ ।

    इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ । केही दिनअघि भारतीय चलचित्रलाई नेपाली हलमा चलाउन नदिने मेयर शाहको निर्णय विरुद्ध उच्च अदालतले आदेश दिएको थियो ।

    त्यसपछि उनले अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउँदै अदालतको आदेश पालना नगर्ने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # अवहेलनाको उजुरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology