Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रोमानियामा कलाकार प्रकाश सपुतमाथि स्टैजमै बोतल प्रहार

रोमानियामा कलाकार प्रकाश सपुतमाथि स्टैजमै बोतल प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०८० सोमवार • ०९:४५:०९ बजे
  • 916
    SHARES
  • रोमानियामा कलाकार प्रकाश सपुतमाथि स्टैजमै बोतल प्रहार

    कलाकार प्रकाश सपुतमाथि रोमानियामा आक्रमण भएको छ । ‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा उनीमाथि बोतल प्रहार भएको हो ।

    images

    स्टेजमा प्रस्तुती दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए । उक्त बोतल अनुहारकाे देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए।

    सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए ।

    कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् ।

    प्रकाशको अवस्था भने सामान्य रहेको छ । आयोजक टीमले केहि व्यक्तिले अराजक गतिवधि गरेपनि कार्यक्रम राम्रैसँग सम्पन्न भएको बताएको छ ।

  • सम्बन्धित विषय:

  • # स्टैजमै बोतल प्रहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology