Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगेर पाइलट हिडेपछि…

दिल्ली लैजानु पर्ने बिमान जयपुर लगेर पाइलट हिडेपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०८० सोमवार • १०:२४:५३ बजे
  • 628
    SHARES
  • दिल्ली लैजानु पर्ने बिमान जयपुर लगेर पाइलट हिडेपछि…

    दिल्ली लैजानु पर्ने बिमान जयपुर लगेर डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् ।

    images

    लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबीका कारण जयपुरमा अवतरण गराइएको थियो । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि उडानमा सवार यात्रुहरु जयपुर विमानस्थलमा ६ घण्टासम्म अलपत्र परेका थिए ।

    दिल्लीको खराब मौसमका कारण आइतवार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।

    जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो। एयर इन्डियाको उडान एआई–११२ लण्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो ।

    खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो । उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थीति तनावग्रस्त बन्न पुगेको थियो । आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए ।

    यात्रुहरुको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरुलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology