Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०८० मंगलवार • १२:४९:०३ बजे
  • 1.2K
    SHARES
  • माओवादीले बोलायो केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा

    नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    images

    माओवादी केन्द्रले यही असार २३ गते प्रज्ञा प्रतिष्ठान (कमलादी) मा बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको हो । बैठकका लागि २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने एजेन्डा तय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । साथै बैठकले समाजवादी मोर्चाका विषयलाई अनुमोदन गर्ने उनले बताए ।

    यही असार ५ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।

    यस्तै, पूर्वमाओवादी घटकसँग एकताको विषयले पनि केन्द्रीय समितिको बैठकमा प्रवेश पाउने महासचिव गुरुङको भनाइ छ ।केन्द्रीय समितिको बैठकका लागि ठोस एजेन्डा तय गर्न केही दिनमै सचिवालय र स्थायी समिति बैठक बस्नेछ ।

    माओवादी केन्द्रले तल्ला तहका समितिलाई पार्टी केन्द्रलाई दिनुपर्ने सुझाव लेखेर असार १५ गतेभित्र पठाउन भनेको छ ।

  • सम्बन्धित विषय:

  • # यस्ता छन् एजेन्डा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology