Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पोखरा महानगरपालिकामा मनोमानी भएको भन्दै काँग्रेस निर्वाचित वडाध्यक्षको चिन्ता

पोखरा महानगरपालिकामा मनोमानी भएको भन्दै काँग्रेस निर्वाचित वडाध्यक्षको चिन्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ११, २०७७ आइतवार • १७:४२:०६ बजे
  • 1.7K
    SHARES
  • पोखरा महानगरपालिकामा मनोमानी भएको भन्दै काँग्रेस निर्वाचित वडाध्यक्षको चिन्ता
    पोखरा - पोखरा महानगरपालिकामा काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरु (२, ३, ४, ६, ९, १०, ११, १२, २३, २७ र ३२) ले महानगरपालिकामा भइरहेको पछिल्लो गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएका छन् । महानगरपालिकाको आर्थिक प्रशासन, कर्मचारी व्यवस्थापन र सुशासन प्रति चिन्ता व्यक्त गर्दै पछिल्ला गतिविधि प्रतिध्यानाकर्षण भएको जनाएका हुन् ।

    ११ जना वडाध्यक्षहरुको तर्फबाट दलको नेता तथा सचेतक  रामराज लामिछानेले आइतबार विज्ञप्ति जारी गरी महानगरपालिकामाआस्थाकै आधारमा राम्रो कामगर्ने कर्मचारी कारवाहीमा परेको र नराम्रो काम गर्ने  कर्मचारी संरक्षित बनेको उल्लेख गरेका छन् ।

    विज्ञप्तिमा राजस्व शाखाका तत्कालीन प्रमुखबाट आर्थिक अनियमितता भएको विषयलाई उजागर गर्ने स्पष्ट र इमानदार लेखा प्रमुखलाई उल्टै स्पष्टीकरण सोधिएकोमा आपत्ती जनाउँदै आर्थिक अनियमितताको पनि उजागर हुने डरले अहिले लेखा प्रमुखलाई सामान्य प्रशासन मन्त्रालयमा   सरुवा गरिएकोमा निन्दा गरिएको छ ।

    स्पष्टीकरण सोध्दा प्रमुख प्रशासकीय अधिकृतबाट सोध्नुपर्नेमा नियम विपरीत महानगर प्रमुखबाट सोधिनु आर्थिक अनियमितता ढाकछोप गर्न प्रपञ्च रचिएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, महानगरपालिकामा कर्मचारीहरुको व्यवस्थापन, योग्यता र क्षमताका आधारमा नभई राजनैतिक आस्थाका आधारमा गरिएको प्रतिध्यानाकर्षण भएको जनाइएको छ ।

    विज्ञप्तिमा विभिन्न कार्यक्रमका नाममा महानगरमा अस्थायी तथा करारमा भर्ना भएका प्राविधिक तथा अन्यकर्मचारीहरु विभिन्न शाखामा प्रमुखको जिम्मेवारीमा नै कार्यरत रहेको र अर्काेतिर आस्थाकै आधारमा स्थायी तथा वरिष्ठ कर्मचारीहरुलाई जिम्मेवारीबाट पन्छाउने गरिएको भन्दै निन्दा
    गरिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology