Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

टाइटनिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो

टाइटनिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १०:४०:३१ बजे
  • 868
    SHARES
  • टाइटनिक हेर्न गएको पनडुब्बीको भग्नाबशेष निकालियो

    टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको टाइटन पनडुब्बीको भग्नावशेष बुधबार क्यानडाको सेन्ट जोन्स बन्दरगाहमा ल्याइएको छ । विस्फोट भएको ६ दिनपछि एट्लान्टिक महासागरबाट सो पनडुब्बी निकालिएको हो ।

    images

    समाचार एजेन्सी एपीका अनुसार अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले पनडुब्बीको भग्नावशेषमा मानव अवशेष भेटिएकोसमेत बताएका छन्। यी अवशेषहरूलाई परीक्षणको लागि मेडिकल टोलीलाई पठाइने छ।

    बीबीसीका अनुसार पनडुब्बीको भग्नावशेषमा ल्यान्डिङ फ्रेम, रियर कभरलगायत ५ वटा भाग भेटिएको छ । कोस्ट गार्डले भने कि, पनडुब्बीको धेरै भग्नावशेष अझै टाइटानिक जहाज नजिकै छ।

    उनलाई छिट्टै बाहिर निकाल्ने प्रयास गरिनेछ। पनडुब्बीको भग्नावशेषको फोरेन्सिक जाँच गरी किन विस्फोट भयो रु भन्ने पत्ता लाग्नेछ । टाइटन पनडुब्बी जुन १८ मा साँझ ५ः३० बजे एट्लान्टिक महासागरमा छोडिएको थियो। यो १ः४५ घण्टा पछि बेपत्ता भएको थियो । पनडुब्बीमा पाइलटसहित ५ जना पर्यटक सवार थिए ।

    पनडुब्बीलाई ४ दिनसम्म खोज्ने प्रयास गरिएको थियो, त्यसपछि २३ जुनमा टाइटानिक जहाजको भग्नावशेषबाट १६ सय फिट टाढा यसको भग्नावशेष भेटिएको थियो ।

    पनडुब्बी विस्फोट भएको अनुमान गरिएको थियो । अमेरिकी नौसेना अधिकारीका अनुसार टाइटन पनडुब्बीको अन्तिम स्थान टाइटानिक जहाजको नजिकै रेकर्ड गरिएको थियो।

    बेपत्ता भएको केही समयपछि रडारमा विष्फोटसँग सम्बन्धित केही संकेतहरू पनि भेटिएका थिए । यो जानकारी तुरुन्तै कमाण्डरसँग साझा गरिएको थियो, जसले खोजी अभियानमा मद्दत गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # भग्नाबशेष निकालियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology