Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालका लागि एडीबीद्वारा ५ करोड डलर स्वीकृत

नेपालका लागि एडीबीद्वारा ५ करोड डलर स्वीकृत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १६:२९:३८ बजे
  • 742
    SHARES
  • नेपालका लागि एडीबीद्वारा ५ करोड डलर स्वीकृत

    नेपालको आन्तरिक तथा बाह्य व्यापारका लागि एसियाली विकास बैंक (एडीबी)ले ५ करोड डलर अर्थात ६ अर्ब ५९ करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

    images

    नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारका नीतिगत समस्या सुधारका लागि उक्त ऋण स्वीकृत गरेको हो । आर्थिक वर्ष २०२२ मा नेपालको कुल गार्हस्थ उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको तथ्यांक एडीबीसँग छ ।

    सरकारले व्यापार र निकासी प्रवर्द्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्तिलाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिँदै आएको छ ।

    त्यसका लागि भन्सार प्रणाली, सेवा तथा सीमा प्रक्रियाको सुधार आवश्यक रहेको एडीबीले जनाएको छ । एडीबी दक्षिण एसिया विभागका क्षेत्रीय सहयोग तथा समन्वय निर्देशक थियाम ही एनजीले भने, ‘व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धात्मकतालाई बढावा दिनेछ ।

    साथै, देशलाई दिगो आर्थिक वृद्धितर्फ डो¥याउन मद्दत गर्नेछ ।’ साथै, यसबाहेक व्यापार सहजीकरणले निर्यात बढाउन र नेपालको भुक्तानी सन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्न एडीबीको विश्वाश छ ।

    कार्यक्रमले भन्सार महसुल तथा शुल्कको विद्युतीय भुक्तानी गर्न, निर्यात कागजात पनि विद्युतीय रुपमै पेस गर्नेगरी डिजिटल प्रविधिमार्फत भन्सार प्रक्रियामा सुधार र आधुनिकीकरण योजना कार्यान्वयन गर्न मद्दत गर्ने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # ५ करोड डलर स्वीकृत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology