Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

इलाममा योगेश भट्टराईलाई कालो झण्डा

इलाममा योगेश भट्टराईलाई कालो झण्डा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १४, २०८० बिहिवार • १६:३२:०२ बजे
  • 802
    SHARES
  • इलाममा योगेश भट्टराईलाई कालो झण्डा

    नेकपा एमालेका नेता योगेश भट्टराईविरुद्ध इलाममा पहिचानवादीले कालो झण्डासहित विरोध प्रदर्शन गरेका छन् ।

    images

    मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागी हुन इलामा आएका एमाले सांसदसमेत रहेका भट्टराईविरुद्ध प्रदर्शन गरिएको हो ।

    एमाले सचिवसमेत रहेका भट्टराईले केही दिनअघि सदनमा बोल्ने क्रममा पहिचानवादी आन्दोलनकारीले केपी ओलीलाई एम्बुस थापेको, प्रदेशसभामा कोशी नाम प्रस्तावक राम राना मगरलाई आगो लगाएको र सहिद पदमकुमार लिम्बू (लाजेहाङ)को मृत्युबारे सहिदकै अपमानहुने गरी बोलेका थिए ।

    बिहीबार इलाम पुगेका योगेश भट्टराईलाई प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पहिचानको लागि युवाको पोषक लगाएका युवासहितको टोलीले कालो भण्डा देखाएर विरोध प्रदर्शन गरेको हो ।

    सुरक्षा घेरामा इलाम पुगेका भट्टराईको गाडी छेकेर कालो झण्डा देखाएका थिए । विरोध प्रदर्शनपछि आयोजित कोण सभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन (मिराक), किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव कृष्ण राई, जसपाको तर्फबाट यम सुब्बा लगायतले विचार राखेका थिए ।

  • सम्बन्धित विषय:

  • # भट्टराईलाई कालो झण्डा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology