Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीहरुबीच एकताका लागि ठोस पहल भइरहेको छः प्रधानमन्त्री

माओवादीहरुबीच एकताका लागि ठोस पहल भइरहेको छः प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८० शनिवार • ११:४६:२६ बजे
  • 598
    SHARES
  • माओवादीहरुबीच एकताका लागि ठोस पहल भइरहेको छः प्रधानमन्त्री

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल भइरहेको बताएका छन् ।

    images

    शनिबार पोखरामा आयोजित अन्तरक्रियामा बोल्दै उनले माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुने भन्दै पूर्वमाओवादी शक्तिहरूबीच एकताका लागि ठोस पहल भइरहेको बताएका हुन् ।

    ‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ,’ उनले भने । उनले जनताको त्याग र बलिदानको तागतलाई देश निर्माणमा लगाउने उनको भनाई थियो ।

    ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ’ प्रधानमन्त्रीले भने, ’त्यसका लागि नयाँ ढङ्गले सोच्दै छौँ ।

    हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।’

    छलफलको क्रममा प्रचण्डले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेकोले त्यसलाई सफा नगरी देश नबन्ने ठोकुवा गरे । सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा सरकार दृढ रहेको उनको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology