Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध समाजवादी मोर्चा

गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध समाजवादी मोर्चा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८० शनिवार • १८:१९:२१ बजे
  • 547
    SHARES
  • गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध समाजवादी मोर्चा

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)को प्रथम बामती प्रदेश कमिटी भेलालाई उद्घाटन गर्दै अध्यक्ष नेपालले अहिले मुलुकको परिवर्तनबिरुद्ध सल्बलाइरहेको भन्दै त्यसको विरुद्ध समाजवादी मोर्चा केन्द्रीत हुने बताएका हुन् ।

    मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरुलाई सँगसँग लिएर अघि बढ्ने उनले धारणा राखे । समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने उनले जानकारी दिए ।

    समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ । उनले संविधानका बारेमा बिमति राख्नेहरुसँग पनि हालेमालो गर्दै संविधानका साथै परिवर्तनहरुलाई बलियो बनाउने बताए ।

  • सम्बन्धित विषय:

  • # समाजवादी मोर्चा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology