एजेन्सी / भारतमा आन्दोलनमा उत्रिएका किसानलाई ‘आतंककारी’को उपमा दिएपछि बलिउड अभिनेत्री कंगना रनावत फेरी विवादमा तानिएका छिन् । आन्दोलनका किसानहरुलाइ ‘आतंककारी’ भनेपछि उनीविरुद्ध किसानहरुले अदालतमा मुद्दा दायर गरेका छन् ।
किसानले गरेको आन्दोलनविरुद्ध अभिनेत्री कंगनाले ट्वीट गर्दै विरोध जनाएको भन्दै कर्नाटकका किसानहरुले उनीविरुद्ध त्यहाँको तुमकुर जेएमएफसी अदालतमा मुद्दा दायर गरेका हुन ।किसानहरुले पाँच वटा फरकफरक धाराको आधारमा कंगनाविरुद्ध मुद्दा दायर गरेका हुन् ।
नयाँ विधेयकको पक्षमा सडकमा माग उठाउँदा कंगनाले कसैको इसारामा आफूहरुलाई कमजोर तुल्याउन खोजेको किसानको भनाइ छ ।