Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बन

धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०८० आइतवार • ०९:३८:२३ बजे
  • 700
    SHARES
  • धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बन

    छत्तीसगढको बालोदमा चौथो बच्चा जन्माउने तयारी गरेको आरोपमा एक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।

    images

    प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौथो सन्तान आउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो । हवल्दारले आफनी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए ।

    परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ । राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो ।

    यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

    यसैगरी, थप अनुसन्धान गर्दा दुई जना हेड हवल्दारले पनि यो कानुन उल्लंघन गरेको पाइएपछि उनीहरुलाई पनि कारण देखाउ नोटिस जारी गरिएको छ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology