Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एकपटक नेकपातिरै फर्कने जमर्को गर्नुपर्छ : प्रधानमन्त्री

एकपटक नेकपातिरै फर्कने जमर्को गर्नुपर्छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०८० आइतवार • ११:०५:०३ बजे
  • 652
    SHARES
  • एकपटक नेकपातिरै फर्कने जमर्को गर्नुपर्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोरीको समीक्षा गर्दै नेकपातिरै फर्कने कोशिस गर्नुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले एमाले-माओवादीबीचको एकता बचाउन नसकिएका भन्दै अब कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका हुन् ।

    images

    । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे । ‘मैले तत्कालिन एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिष्टहरुसँग एकता गर्न छिटो भन्दा छिटो हामीले आर्थिक समृद्धितर्फपनि जान सकिन्छ समाजवादतिर पनि जान सकिन्छ या दोयाउन सकिन्छ भनेर भनेको थिए ।

    कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियाबादीहरुमा एउटा आंतक जस्तो भयो अब कम्युनिष्टहरुले ४० ५० वर्ष कति वर्ष शासन लाने हुन भन्ने भय थियो । तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं ।

    त्यो एकतालाई बचाएर राष्ट्रको हितमा जनता समाजवादको हितमा जाने जो प्रचुर सम्भावना त्यो बचाउन सकिएन ।’ विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको कारण खोजेर गम्भीर समीक्षा गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराए । ‘सबैले चिन्तन गर्नुपर्यो कि हिजो केकारणले एकीकृत भएको कम्युनिष्ट आन्दोलन बच्न सकेन त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृतिमा भावनामा कहाँ ऋुटी थियो ।

    के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ । माधव र मैले के भनेका छौं भने फेरि नेकपा तिर फर्कनुपर्छ फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने कुरापनि हामीले भनेका छौं ।’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology