Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आयल निगमले चुक्ता गर्‍यो आईओसीको २४ अर्ब बक्यौता

आयल निगमले चुक्ता गर्‍यो आईओसीको २४ अर्ब बक्यौता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०८० आइतवार • १७:४७:२५ बजे
  • 1.1K
    SHARES
  • आयल निगमले चुक्ता गर्‍यो आईओसीको २४ अर्ब बक्यौता

    नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) को बक्यौता रकम चुक्ता गरेको छ ।

    images

    रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य चुलिँदा निगमले आईओसीसँग उधारोमा तेल किन्ने गरेको थियो । भारतबाट महङ्गोमा तेल ल्याएर घाटामा बेचेपछि रकम तिर्ने पैसा समेत नहुँदा निगमले उधारोमा तेल ल्याउने गरेको हो । जुन, रकम यतिबेला पूर्णरुपमा चुक्ता भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

    ‘आईओसीको २४ अर्ब रुपैयाँ तिर्न बाँकी थियो,’ ठाकुरले भने, ‘उक्त रकम चुक्ता भयो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब समेत तिरियो ।’

    अब निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ । यस्तै, पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट १ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ ।

    यसबाहेक, मूल्य स्थिरीकरण कोषको साढे २१ अर्ब रुपैयाँ र कर्मचारी आवास कोषको सवा ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषहरुको रकम चलाएको थियो ।

  • सम्बन्धित विषय:

  • # २४ अर्ब बक्यौता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology