Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वडाध्यक्ष माओवादीबाट निष्काशित

वडाध्यक्ष माओवादीबाट निष्काशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०८० सोमवार • १०:३०:०८ बजे
  • 721
    SHARES
  • वडाध्यक्ष माओवादीबाट निष्काशित

    धनुषाको सहिदनगर नगरपालिका ८ का निलम्बित वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि निलम्बनमा परेका वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई माओवादी केन्द्रले पार्टीबाट पनि निकालेको हो।

    पार्टीको सहिदनगर नगर कमिटीका अध्यक्ष रहेका कुसियैतले पार्टीको विधानविपरित क्रियाकलाप गरेकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको माओवादी केन्द्रले जनाएको छ।

    माओवादी केन्द्रको सहिदनगर नगर समितिका वरिष्ठ उपाध्यक्ष सुरेश कापर र सचिव रामकिशोर पासवानले आइतबार विज्ञप्ति जारी गरी यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जनाएका छन्।

    यादवले पार्टीको नीति सिद्धान्त, मर्यादा र आचरणविपरीत गतिविधि गरेका प्रमाण भेटिएकाले उनलाई पार्टीबाट हटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यही असार १५ गते बसेको नगर कार्यसमितिको बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो। यादवलाई पार्टीबाट निष्कान गर्ने निर्णयको बोधार्थ माओवादी केन्द्रको केन्द्रीय समिति, प्रदेश समिति र पार्टी केन्द्रीय सचिवालयलाई पठाइएको छ।

    अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष रहेका यादवले २०७४ सालमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनी निलम्बनमा परेका थिए।

  • सम्बन्धित विषय:

  • # माओवादीबाट निष्काशित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology