Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम्युनिष्ट एकताको कुराले कांग्रेस आत्तिनु पर्दैन: प्रधानमन्त्री

कम्युनिष्ट एकताको कुराले कांग्रेस आत्तिनु पर्दैन: प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०८० सोमवार • १३:५६:३४ बजे
  • 571
    SHARES
  • कम्युनिष्ट एकताको कुराले कांग्रेस आत्तिनु पर्दैन: प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालाी कांग्रेससँगको सम्बन्ध तत्काल नटुट्ने बताएका छन् ।

    images

    गिरिजाप्रसाद कोइरालाको जन्मयजन्तीका अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने उनले बताएका हुन् ।

    ‘मैले कम्युनिष्टहरुसँग एकताको कुरा गर्दा नेपाली कांग्रेस तरंगित हुनपर्ने छैन । विगतका राजनीतिक आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेर लडेकाले अहिलेको परिवर्तन भएको हो ।

    त्यसैले कम्युनिष्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन पर्दैन । कन्भिक्सनको लेभलमा मेरो कमिटमेन्ट छ, उसँगको सम्बन्ध तत्काल टुट्दैनँ,’ उनले भने ।

    कांग्रेससँग मिलेर गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजानुपर्ने उनको भनाई थियो ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology