Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मनकामना इन्जिनियरिङ हाइड्रोको आइपीओ बिक्री खुला

मनकामना इन्जिनियरिङ हाइड्रोको आइपीओ बिक्री खुला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०८० मंगलवार • १०:०८:२२ बजे
  • 457
    SHARES
  • मनकामना इन्जिनियरिङ हाइड्रोको आइपीओ बिक्री खुला

    मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री खुला भएको छ। कम्पनीले आजबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कास गरेको हो। कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १०५ अर्थात् ८ करोड रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरूका लागि जारी गरेको छ।

    images

    जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ। उक्त आइपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका- ५, ६, ७ र ८ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। साथै, बिगु गाउँपालिका वडा नं. ४ र कालिन्चोक गाउँपालिका- ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

    त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १०५ ले हुन आउने २ करोड रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन भएको छ।

    जसअनुसार प्रतिसेयर १ सय अंकित दरले २ लाख कित्ता साधारण सेयर वैदेशिक रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री खुला भएको हो। स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

    यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

    आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले यसमा साउन २ गतेसम्म आवेदन दिन सकिने छ। स्थानीय बासिन्दाले मनकामना इन्जिनियरिङको रजिष्ट्रर्ड कार्यालय अनामनगर, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

    त्यस्तै, गौरीशंकर गाउँपालिकाको कार्यालय दोलखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

  • सम्बन्धित विषय:

  • # आइपीओ बिक्री खुला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology