Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पल र पुजाले पाए उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

पल र पुजाले पाए उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०८० मंगलवार • १०:१०:२३ बजे
  • 640
    SHARES
  • पल र पुजाले पाए उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड

    कलाकार पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् ।

    images

    चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो । उक्त वर्षको अवार्डमा चलचित्र ’म यस्तो गीत गाउँछु’ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अवार्ड प्राप्त गरेको छ ।

    उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् । पूजा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् । यसै फिल्मबाट सुदर्शन थापाले उत्कृष्ट निर्देशक, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।

    अभिनेता अर्जुन श्रेष्ठ र चर्चित निर्देशक दीपाश्री निरौलालाई छायाछवि रजतबाट सम्मान गरिएको छ । समारोहमा १३ औँ संस्करण अन्तर्गत वर्ष २०७७ मा प्रदर्शनमा आएका सातवटा चलचित्रबाट विभिन्न पाँच विधामा अवार्ड प्रदान गरिएको थियो । डिसिने अवार्ड २०७७ अन्तर्गत सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र श्रीबाट सूर्य बाहोराले प्राप्त गरेका छन् ।

    सर्वोत्कृष्ट अभिनेताको अवार्ड हिरो रिटन्स्बाट सविन श्रेष्ठ, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड लक्ष्मी पुजाबाट जाहन्वी बस्नेतले पाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology