Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०८० बुधवार • ११:४७:०६ बजे
  • 583
    SHARES
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले डाक्यो संसदीय दलको बैठक

    नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएकाे अभिव्यक्ति आपत्ति जनक रहेकाे भन्दै उक्त अभिव्यक्तिको विरोध गर्ने भएका छन् ।

    images

    प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको हो ।

    यसै अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक आह्वान गरेको छ । एमालेको संसदीय दलको बैठक आज (बुधबार) दिउँसो १:३० बजे सिंहदरबारमा बस्नेछ ।

    भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलाएका थिए ।

    प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि आपत्ती जनाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology