Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विप्लवसँग पार्टी एकता गर्न एकता संयोजन समिति बन्दै छ : प्रचण्ड

विप्लवसँग पार्टी एकता गर्न एकता संयोजन समिति बन्दै छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०८० बुधवार • १६:४४:४० बजे
  • 967
    SHARES
  • विप्लवसँग पार्टी एकता गर्न एकता संयोजन समिति बन्दै छ : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पार्टी एकता गर्नेगरी अघि बढिएको बताएका छन् ।

    images

    स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा उद्घाटन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दै गएको बताए ।

    ‘पूर्व माओवादीहरु जति सबै एक ठाउँमा आउने आधार बन्दै छ । हामी आफूलाई रैथाने माओवादी भन्ठान्छौँ । हामी रैथाने पार्टीको डिफेन्स गर्न नेतृत्वको पक्षमा कस्सिएर बाहिर बोल्न अलि डराएका जस्ता भएका छौँ ’ प्रचण्डले भने, ‘तर, आज भोलि विप्लवजीहरु कसिएर पार्टी र नेतृत्वको पक्षमा बोल्न थाल्नु भएको छ ।

    यो हाम्रो लागि खुसीको कुरा हो ।’ विप्लवसँग पार्टी एकता गर्न संयोजन समिति बनाइने प्रचण्डले बताए । ‘अब हाम्रो पार्टीको केन्द्रीय समिति छिट्टै बसेर पार्टीको पुर्ननिर्माण गर्ने,पुर्नसंगठित गर्ने गर्नेतिर लाग्ने छौँ ।

    पार्टी एकतासम्म आउन खोज्नेसँग एकता गर्ने र पार्टी एकतामा आउन नसक्नेसँग मोर्चाबन्दी गर्ने सोचिएको छ’ प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology