Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०८० बुधवार • १६:४६:१० बजे
  • 808
    SHARES
  • प्रतिनिधिसभा बैठकमा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा मागेको छ ।

    images

    बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागेका हुन् ।

    ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस्’ सांसद पन्तले भने । यसअघि राष्ट्रियसभाको बैठकमा पनि एमाले सांसदहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका थिए ।

    प्रतिनिधिसभा बैठकमा एमालेले प्रधामन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology