Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मेक्सिकोको ओक्साकामा बस दुर्घटना, २९ जनाको मृत्यु

मेक्सिकोको ओक्साकामा बस दुर्घटना, २९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०८० बिहिवार • १०:२६:११ बजे
  • 751
    SHARES
  • मेक्सिकोको ओक्साकामा बस दुर्घटना, २९ जनाको मृत्यु

    मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ। १९ जना घाइते भएका छन्। मेक्सिको सिटीबाट ओक्साकाको योसनडुआ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाएपछि ८० फिट गहिरको नदीमा खसेको थियो।

    images

    ज्यान गुमाउनेमा १३ महिला र एक बालकसहित २९ जना छन्।

    यसअघि बुधबार मेक्सिकोको क्वेरेतारो राज्यमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो।

    यसैबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित बोक्सबर्ग शहरमा ग्यास चुहावटको शंकास्पद घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ।

    त्यहाँको एकुरहुलेनी नगरपालिकाको आपतकालीन व्यवस्थापन सेवाका अनुसार एन्जेलो स्क्वाएर शिविर नजिककै भएको ग्यास चुहावटको घटनामा मानिसको मृत्यु भएको हो। उक्त ग्यास कच्चा सुन सफा गर्नका लागि प्रयोग गर्ने गरिन्छ ।

    अवैध खानीबाट निकालिएको सुन सफा गर्ने क्रममा सिलिण्डरबाट ग्यास चुहिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # २९ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology