Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सक्रिय राजनीति त्यागेको एलिजा गौतमको घोषणा

सक्रिय राजनीति त्यागेको एलिजा गौतमको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०८० बिहिवार • १२:३०:०४ बजे
  • 730
    SHARES
  • सक्रिय राजनीति त्यागेको एलिजा गौतमको घोषणा

    अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् ।

    images

    देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी हुन् । आगामी दिनमा समाजसेवामा लाग्ने पनि उनले बताएकी छन् ।

    धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छन् । उनले साम्पाङलाई प्रेरणाको स्रोत मान्दै दलको सक्रिय राजनीति गर्नेलाई धरान पुगेर साम्पाङको काम हेर्न पनि सुझाएकी छन् । सामाजिक कामको सिलसिलामा आफू धरानमा पुगेको उल्लेख गर्दै उनले समाजसेवामा सक्रिय हुने बताएकी छन् ।

    फिल्म ‘अनुराग’बाट अभिनयमा डेब्यु गरेकी एलिजाले केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् । उनले अभिनय गर्ने फिल्मको घुइँचो पनि घोषणा भएको थियो तर त्यो निर्माण हुन सकेन ।

    एलिजा पाँच महिनाअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उक्त पार्टीका संस्थापक नेता रेशम चौधरीलाई रिहा नगरे देशमा आगो बाल्ने अभिव्यक्ति दिएर एलिजा एकाएक चर्चामा आएकी थिइन् ।

    साथै, चौधरीलाई स्वागत गर्न उनी डिल्ली बजार कारागारमा समेत पुगेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # एलिजा गौतमको घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology