Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०८० शुक्रवार • ११:५१:२७ बजे
  • 607
    SHARES
  • ललिता निवास प्रकरणमा राजनीतिक हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणको छानबिन र अनुसन्धानमा कुनै राजनीतिक हस्तक्षेप नभएको दावी गरेका छन् ।

    images

    मन्त्री श्रेष्ठले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललिता निवास जग्गा हिनामिना प्रकरणमा भइरहेको अनुसन्धानमा संलग्न जोसुकै संलग्न भेटिएपनि कारबाही प्रक्रिया नरोकिने बताए ।

    ‘तथ्य र प्रमाणले पुष्टि भयो भने जोसुकै पनि पक्राउ पर्छन्’, मन्त्री श्रेष्ठले भने, ‘तथ्य र प्रमाण छैन भने कसैलाई दुःख दिन मिल्दैन ।’

    उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवी र त्रित्राल आयोगको प्रतिवेदनका आधारमा ललिता निवासबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री श्रेष्ठ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology