Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सरकार ढल्ने कुनै सम्भावना छैन : प्रवक्ता शर्मा

सरकार ढल्ने कुनै सम्भावना छैन : प्रवक्ता शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०८० शुक्रवार • १३:१७:१६ बजे
  • 622
    SHARES
  • सरकार ढल्ने कुनै सम्भावना छैन : प्रवक्ता शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपालले शुक्रबार काठमाडौंको संवाद डबलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार नढल्ने बताइन् ।

    images

    ‘गठबन्धन दल र जनता सरकारको साथमा छ, न प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ, न सरकार ढल्ने कुनै सम्भावना छ,’ उनले भनिन् । सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेपछि उनको आलोचना भइरहेको छ ।

    प्रचण्डको यही अभिव्यक्तिपछि संसदमा अवरोध गर्दै आएको एमालेले प्रधानमन्त्रीको स्पष्टीकरणले नपुग्ने र राजीनामा दिनुपर्ने बताएको छ । एमालेले संसदमा अवरोध गर्दा मिटरव्याज पीडितलाई न्याय दिने सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक निष्कृय भएको भन्दै मन्त्री शर्माले दुःख व्यक्त गरिन् ।

    मिटर ब्याज पीडितलाई न्याय दिने कुरामा सरकार प्रतिबद्ध रहेको भन्दै उनले एमालेलाई पनि त्यसप्रति जिम्मेवार बन्न आग्रह गरिन् । ‘प्रतिपक्षले संसद अवरोध गरेर अध्यादेश निष्क्रिय पारे पनि मिटर व्याज पीडितलाई न्यायदिन सरकार प्रतिवद्ध छ । विगतका नजिर र अभ्यासका आधारमा प्रतिस्थापन विधेयक मार्फत पीडितलाई न्याय दिन्छौं,’ मन्त्री शर्माले भनिन् ।

    सरकार सुरुदेखि नै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुँदा कतिपयलाई टाउको दुःखेको बताउँदै उनले भनिन्, ‘सरकार सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुतभएको छ ।

    नागरिकता विहीनहरुले नागरिकता पाइरहेका छन् । निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताको साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा देखिन थालेको छ ।’

  • सम्बन्धित विषय:

  • # प्रवक्ता शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology