Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आइतबारदेखि चीनको सियान-काठमाडौं सिधा उडान

आइतबारदेखि चीनको सियान-काठमाडौं सिधा उडान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २२, २०८० शुक्रवार • १६:१३:४७ बजे
  • 547
    SHARES
  • आइतबारदेखि चीनको सियान-काठमाडौं सिधा उडान

    तिब्बत एयरलाइन्सले आइतबारदेखि सियान-काठमाडौं रुटमा सिधा उडान पुनः सुरु हुने भएको छ ।

    images

    एयरलाइन्सले सूचना प्रकाशित गर्दै टिकट खरिदमा विशेष अफर ल्याएको हो । सियानबाट काठमाडौंको एकतर्फी यात्राका लागि १२ हजार ६०० (६९० युयान) मात्र र सियान–काठमाडौं–सियान दुईतर्फी यात्राको १८ हजार रुपैयाँ (९९० युयान) तय गरेको छ ।

    यो अफर केही समयका लागि एयरलाइन्सको आधिकारिक वेबसाइट, आधिकारिक ह्विच्याट अकाउन्ट, हटलाइन र एयरलनइन्सको सेल्स काउन्टरबाट टिकट खरिद गर्न पाइनेछ ।

    एयरलाइन्सले काठमाडौंसहित नेपालका पर्यटकीय गन्तव्यको बारेमा चिनियाँ भाषामा जानकारी दिँदै उडान संचालन गर्ने जनाएको छ । यसअघि काठमाडौंदेखि चीनका छन्तु, खुन्मिङ, बेइजिङ, ग्वान्चउमा सिधा उडान पुनःसुचारु भएको छ ।

    त्यस्तै, सांघाईबाट पनि सिधा उडानको तयारी भइरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology