Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यसकारण हुनसक्छ महिलाहरुको महिनावारीमा ढिलाई

यसकारण हुनसक्छ महिलाहरुको महिनावारीमा ढिलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १२, २०७७ सोमवार • ०९:१७:१५ बजे
  • 1.4K
    SHARES
  • यसकारण हुनसक्छ महिलाहरुको महिनावारीमा ढिलाई

    महिनावारीमा महिलाहरुले विभिन्न किसिमको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । अनियमित महिनावारी महिलाहरुका लागि सबैभन्दाठूलो समस्या हुन्छ । यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई आफू गर्भवती भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ ।महिनावारीमा गडबढ भयो भने मानिसहरु यसलाई गर्भाधारण भएको हो कि भन्ने सोच्नु सामान्य कुरा नै भैसकेको छ । महिनावारीकोबारेमा पूर्ण जानकारी नहुनुको कारण मानिसहरुले यस्तो सोच्ने गर्छन् ।

    images

    वास्तवमा महिनावारीमा अनियमितता हार्मोन्समा आएको परिर्वतनका कारण हुन्छ । धेरै जानकारहरुका अनुसार यदि कोही महिलालेतीन महिनाको बीचमा एउटा महिनावारी हुँदिनन् भने उनलाई गम्भीर समस्या हुनसक्छ । यस बाहेक कामकाज र तपाईंको वरपरकोवातावरणले पनि महिनावारीमा असर पार्छ ।

     

    आज हामी महिलाहरुमा गर्भाधारण बाहेक अरु कुन कुन कारणहरुले महिनावारीमा अनियमितता हुन्छ भन्ने कुराको बारेमा केहीजानकारीहरु प्रस्तुत गर्दैछौं ।

    #तनाव

    तनावका कारण महिलाहरुको महिनावारीमा नराम्रो असर पर्छ । यदि धेरै तनाव लिनुहुन्छ भने यसको प्रत्यक्ष असर  हार्मोनमा पर्छ । योकारणले गर्दा  महिनावारी अनियमितता हुन सक्छ ।

    #कम वजन

    यदि  वजन कम छ भने पनि यसको सिधा असर तपाईंको महिनावारीमा पर्छ । यदि  वजन धेरै नै कम छ भने  महिनावारीमाअनियमितताहरु आइरहन्छ ।

    #धेरै व्यायाम गर्नु

    व्यायाम शरीरका लागि अति नै आवश्यक कुरा हो । यसले हाम्रो स्वास्थमा सकारात्मक असर पर्छ । तर, अत्यधिक व्यायाम  नोक्सानदायक पनि हुनसक्छ । यसको प्रत्यक्ष असर तपाईंको हार्मोनमा पर्छ र महिनावारी ठीक समयमा हुँदैन ।

    पोलिसिस्टिक आभरी सिन्ड्रोम

    हिजोआजको जस्तो प्रकारको जीवनशैली छ । महिलाहरुमा पोलिसिस्टिक ओभरी सिन्ड्रोमको समस्या सामान्य हुन थालेको छ । योरोगको कारण महिलाहरुमा अनियमित महिनावारीको समस्या हुन्छ । केवल महिनावारी मात्र नभएर यो रोगका कारण महिलाहरुमा वजनबढ्ने, कपाल झर्ने, अनुहारमा रौं, दाग जस्ता समस्याहरु पनि उत्पन्न हुन्छ ।
    onlinekhbar

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology