Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रास्वपाको हविगत पुराना पार्टीको जस्तै हुनेछ : भूसाल

रास्वपाको हविगत पुराना पार्टीको जस्तै हुनेछ : भूसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८० शनिवार • १६:२३:३६ बजे
  • 538
    SHARES
  • रास्वपाको हविगत पुराना पार्टीको जस्तै हुनेछ : भूसाल

    सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने टिप्पणी गरेका छन् ।

    images

    शनिबार काठमाडौंमा समाजवादी पेसागत कानुन व्यवसायी संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलका रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने बताए ।

    दलाल पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दल अघि बढ्न नसक्ने उनले तर्क गरे । मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

    आफ्नो पार्टी मात्र दलाल पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्न दृढ रहेको उनले बताए । ‘अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ, स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ, तिनको पनि त्यही हविगत हुन्छ ।

    किनभने, ती कसैले पनि यो दलाल पुँजीवादमाथि कसैले प्रश्न उठाएका छैनन्,’ उनले भने, ‘त्यसअर्थमा त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सिर्जना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरूले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्योभन्दा राम्रो रोजगारी पाउँछन् । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।’

  • सम्बन्धित विषय:

  • # भूसाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology