Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सांसदले पोर्न भिडियो हेरे पछि............

सांसदले पोर्न भिडियो हेरे पछि............

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८० शनिवार • १६:३७:४३ बजे
  • 1.6K
    SHARES
  • सांसदले पोर्न भिडियो हेरे पछि............

    भारतको त्रिपुरा विधानसभामा बजेट सत्रको पहिलो बैठकमा विपक्षी विधायले सदन सुरु हुना साथ बीजेपी विधायक जादबलाल नाथेल गत सत्रमा पोर्न भिडियो हेरेको विषयलाई उठाए ।

    images

    विपक्षी दलका नेता अनिमेषा देबबर्माले बीजेपी विधायक नाथलाई कारबाहीको माग गर्दै आफूले राखेको प्रस्तावको स्थितिबारे जानकारी मागे । उनले यही मुद्दालाई लिएर स्थगनको प्रस्ताव ल्याउन चाहेका थिए । तर विधानसभा अध्यक्ष विश्वबन्धु सेनले उनलाई प्रस्ताव ल्याउन समय दिएनन् ।

    विधानसभा अध्यक्षले वित्त मन्त्री प्रणजीत सिंघा रोयलाई चालु वित्त वर्षका लागि राज्यको बजट पेश गर्न अनुमति दिए । त्यसपछि संसदमा हंगामा सुरु भयो । बीजेपी विधायक नाथमाथि कारबाहीको माग गर्दै विपक्षीले नाराबाजी गरे ।

    त्यसपछि विधानसभा अध्यक्ष सेनले बजेटको कारबाही चलिरहेको बेला गडबडी गरेको आरोपमा ५ जना सांसदलाई दिनभरका लागि निलम्बन गरे । त्यसको विरोधमा विपक्षी पार्टीका सबै सांसदले बैठक बहिष्कार गरे । गत मार्चमा विधान सभामा बीजेपी सांसद नाथ आफ्नो मोबाइलमा पोर्न भिडियो हेरिरहेको अवस्थामा फेला परेका थिए ।

    जसलाई लिएर विपक्षी सांसदलले दुराचार मुद्दामा छलफल गर्नु पर्ने माग राखेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । सदन बहिष्कार गरेपछि विपक्षी दल टिपरा मोथाका विधायक देब बर्माले पत्रकारसँग भने, ‘पछिल्लो सत्रमा बीजेपी विधायक सदनको काम कारबाही चलिरहेको बेला मोबाइलमा अश्लिल भिडियो हेरिरहेका थिए, विधायकको काम त सदनमा जनताको समस्या उठाउनु हो नि ।’ उनले सदनमा शर्मनाक काम गरेका कारण उनीमाथि कारबाही हुनु पर्ने आफूहरुको माग रहेको बर्माले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology