Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी मोर्चाको बैठक : नीति तथा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन,सातै प्रदेशमा कार्यक्रम गर्ने

समाजवादी मोर्चाको बैठक : नीति तथा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन,सातै प्रदेशमा कार्यक्रम गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८० शनिवार • १९:५०:३९ बजे
  • 793
    SHARES
  • समाजवादी मोर्चाको बैठक : नीति तथा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन,सातै प्रदेशमा कार्यक्रम गर्ने

    समाजवादी मोर्चा नेपालले आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।

    images

    शनिबार बसेको मोर्चाको पहिलो बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मार्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने भएकाे छ ।

    कार्यदलमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन् । कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    मोर्चाको अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने पाण्डेले बताए । मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ ।

    २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए । यस्तै, हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उपाध्यक्ष पाण्डेले बताए ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायतका नेताहरू सहभागी थिए ।

    समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।


    एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल भएको र सातै प्रदेशमा केही दिनभित्रै आमसभा गर्ने निर्णय भएको छ । ‘साउन महिनाभित्र सातै प्रदेशमा आमसभा गर्ने र सोको मिति यही २७ गते अर्को बैठकले कुन प्रदेशमा कस्ता कार्यक्रम गर्ने भन्ने घोषणा गर्नेछ’, उनले भने ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’लगायत चारै पार्टीका दोस्रो तहका नेताहरू सहभागी थिए ।


    कार्यदल गठन


    एकीकृत समाजवादीका अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले सातै प्रदेशमा गरिने आमसभाको मिति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ । उक्त कार्यदलले सात प्रदेशमा गरिने कार्यक्रमको मिति र आचारसंहिता तयार गर्ने उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

    चार सदस्यीय कार्यदलमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेका छन् । कार्यदलले समाजवादी मोर्चाको भावी रणनीति तयार गर्ने जनाइएको छ । मोर्चालाई कसरी बलियो बनाएर लैजाने, नेपाली समाजको विशेषताअनुसारको समाजवाद कस्तो बनाउने भन्ने नीतिगत दस्तावेज तयार गर्ने जिम्मेवारी दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

    मोर्चाको अध्यक्षता हरेक छ महिनामा आलोपालो


    मोर्चाको नेतृत्व छ–छ महिनामा नेताहरूले आलोपालो गर्ने समझदारी बनेको र सो विषय आगामी बैठकले टुङ्गो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले जानकारी दिए । आजको बैठक सौहार्दपूर्ण ढङ्गले सम्पन्न भएको र भावी रणनीतिबारे आगामी बैठकमार्फत बाहिर ल्याइने उनको भनाइ छ ।

    मोर्चा गठन भएको २३ दिनपछि पहिलो बैठक बसेको हो । ‘मोर्चा गठन भएको लामो समयपछि बैठक बस्यो, प्रथम बैठक अलि ढिला भयो भन्ने हामी सबैले समीक्षा गर्यौँ । आजको बैठकमा लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अघि बढाउनेबारे विशेष छलफल गर्यौँ’, उपाध्यक्ष पाण्डेले भने ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology