म्याग्देली गायक राम गगनको “जाम भो साईली” लोक दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक राम गगनले दर्जनौ सालैजो, पन्चेबाजा मौलिक गीतमा सुमधुर आवाज, शब्द र संगीत भरिसकेका छन । यस पटक भने माया प्रेमकै कथा बस्तुमा तयार पारिएको गीत “जाम भो साईली” मा चर्चित गायिका सुनिता बुढा क्षत्री र राम गगनको आवाज रहेको छ। भने उक्त गीतको शब्द अनि संगीत राम गगन ले नै तयार पारे को छन ।
उक्त गीतको भिडियोमा दीप सगर, रिया खड्का, रति खड्का र जिबन कार्कीले अभिनय गरेका छन भने निर्देशन समेत राम गगनले नै गरेका थिए । छायाकन संजय बुढाथोकी मगर र सम्पादन नबिन घर्तिमगरले गरेका छन् । गीत संगीत प्रेमीहरुको मन जित्ने गरेर गीत अनि भिडियो तयार गरिएको छ भने अहिलेसम्म उक्त गीतमा उत्कृष्ट प्रतिक्रिया समेत आएको देख्न सकिन्छ। जुन गीतको पुरा भिडियोतल हेर्नुहोस।