Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १०:१८:५८ बजे
  • 568
    SHARES
  • सुडानमा हवाई आक्रमणमा परि २२ जनाको मृत्यु

    एजेन्सी । सुडानमा हवाई आक्रमणमा परी २२ जनाको मृत्यु भएको छ ।

    images

    सुडानको राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वका बीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन् ।

    सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ । १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् ।

    पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । देशमा चर्किएको द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको बीबीसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # २२ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology