Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

७ सय रुपैयाँले बढ्यो सुनको भाउ

७ सय रुपैयाँले बढ्यो सुनको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १२:०३:३८ बजे
  • 808
    SHARES
  • ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।

    images

    आइतबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology