Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीले सम्बोधन गरेर संसदको अवरोध हटाउने सहमति

प्रधानमन्त्रीले सम्बोधन गरेर संसदको अवरोध हटाउने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १४:००:३५ बजे
  • 349
    SHARES
  • प्रधानमन्त्रीले सम्बोधन गरेर संसदको अवरोध हटाउने सहमति

    सिंहदरवारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।

    images

    आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको हो ।

    प्रधानमन्त्री दाहालले आइतबार ३ बजेका लागि तय भएको बैठकलाई सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले जानकारी दिए ।

    असार १८ गते प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै दुवै सदन अवरुद्ध गर्दै आएको थियो ।

  • सम्बन्धित विषय:

  • # अवरोध हटाउने सहमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology