Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोशी सरकारविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

कोशी सरकारविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १४:०३:३६ बजे
  • 460
    SHARES
  • कोशी सरकारविरुद्ध परेको रिट हेर्न नभ्याइनेमा

    कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।

    images

    उक्त रिट आज (आइतबार) का लागि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिए पनि समय अभावका कारण हेर्न नभ्याइनेमा परेको हो ।

    वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईका अनुसार न्यायाधीश भट्टराईले कुमार रेग्मीसँगको अर्को इजलासमा पनि बस्नुपर्ने भएपछि आइतबार एकल इजलास नबस्ने भएको हो।

    डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने भएका कारण उक्त रिटमाथि आज सुनुवाई हुन नसक्ने जानकारी न्यायाधीश भट्टराईले गराएका हुन् ।

    कोशी प्रदेशका सभामुखको हस्ताक्षरसहित बहुमत पुर्याएर गठन भएको मुख्यमन्त्री थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्चमा रिट दायर गराएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology