Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले, रास्वपा र राप्रपाप्रति मिटर ब्याज पीडितहरूको आक्रोश

एमाले, रास्वपा र राप्रपाप्रति मिटर ब्याज पीडितहरूको आक्रोश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १४:०७:२८ बजे
  • 583
    SHARES
  • एमाले, रास्वपा र राप्रपाप्रति मिटर ब्याज पीडितहरूको आक्रोश

    मिटर ब्याजविरुद्धको कानुन पारित गराउन माग गर्दै मिटर ब्याज पीडितहरूले संघीय संसद् भवन घेराउ गरेका छन् ।

    images

    मिटर ब्याज विरुद्धको संघर्ष समिति, नेपालको आयोजनामा पीडितहरू र्‍यालीसहित नयाँ बानेश्वर पुगेर विरोध प्रदर्शन गरेका हुन् ।

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत रास्वपा र राप्रपाले संसद् अवरुद्ध पारेपछि मिटर ब्याजी नियन्त्रणका लागि ल्याइएको अध्यादेश निष्क्रिय बनेको थियो ।

    प्रदर्शनका क्रममा उनीहरूले सामान्तको मतियार बनेको भन्दै तीन पार्टीप्रति आक्रोश व्यक्त गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले सुदखोर महाजनलाई कारबाही गर, चैत १८ गतेको सहमति लागु गर जस्ता नारा लगाएका थिए ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology