Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्रीको राजीनामा पछि मात्र संसद खुल्छ: ओली

प्रधानमन्त्रीको राजीनामा पछि मात्र संसद खुल्छ: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १७:५०:१६ बजे
  • 790
    SHARES
  • प्रधानमन्त्रीको राजीनामा पछि मात्र संसद खुल्छ: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद प्रधानमन्त्रीका कारण बन्द भएको बताएका छन् ।

    images

    आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको बताएका हुन् । अध्यक्ष ओलीले सदन सञ्चालन गर्न आफुहरु सकारात्मक भएपनि एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गरे ।

    त्यस्तै, उनले प्रधानमन्त्रीको जेष्ठ २१ गतेको वक्तव्यप्रति गम्भीर आपत्ती रहेको बताए । ओलीले प्रधानमन्त्रीको राजीनामा आएपछि मात्रै सहमति जुट्ने स्पष्ट पारे ।

    उनले भने, ‘प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ । त्यसपछि मात्र सहमति जुट्छ । सहमित भएपछि मात्र संसद खुल्छ ।’ यसअघि आइतबार नै सिंहदरबारमा सदनको गतिरोध अन्त्य गर्ने बिषयमा शीर्ष दलको बैठक बसेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology