Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८० आइतवार • १७:५१:३५ बजे
  • 550
    SHARES
  • सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

    ललितानिवासको जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

    images

    उनलाई आइतबार काठमाडौंबाट विराटनगर जानेक्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । उनलाई यसअघि नै प्रहरीले पक्राउ पुर्जी लिइकेको थियो ।

    राउत २०७८ पुस २१ मा सचिव भएका थिए । भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललितानिवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए ।

    त्यही भूमिकाबारे थप अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले ब्युरोले जनाएको छ । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

    आइतबार नै यसअघि ब्युरोले ध्रुवप्रसाद अर्याल र लोकहरि घिमिरेलाई पक्राउ गरेको थियो । ब्युरोका अनुसार अर्याल र घिमिरेलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

    आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौंबाट ललितानिवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने त्यतिखेर घिमिरे समरजंग कम्पनीका प्रमुख थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology