Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सर्वोच्च तारिख पर्चा पछि बालेनको आक्रोश

सर्वोच्च तारिख पर्चा पछि बालेनको आक्रोश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०८० सोमवार • १०:४०:४५ बजे
  • 478
    SHARES
  • सर्वोच्च तारिख पर्चा पछि बालेनको आक्रोश

    सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तारिख–पर्चा थमाएपछि आक्रोश व्यक्त गरेका छन् । आइतबार साँझ फेसबुकमा एक स्टाटस शेयर गर्दे उनले यस्तो आकोश व्यक्त गरेका हुन् ।

    images

    ‘आज एउटा विशेष दिन आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा’ उनले लेखेका छन्, ‘आजै प्रधानमन्त्रीज्युले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा म आजबाट अपराधी जय होस् यो देशको ।’

    हिन्दी सिनेमा बन्द गर्ने विषयमा मेयर शाहाले सरकार र अदालत भारतको अधिनमा रहेको भन्दै अदालतको निर्णय नमान्ने बताएपछि अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र वर्षाकुमारी झाले मुद्दा दायर गरेका थिए ।

    सर्वोच्च अदालतले मेयर शाहालाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बालेनको आक्रोश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology