Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

१५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २५, २०८० सोमवार • १३:२६:३८ बजे
  • 709
    SHARES
  • १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एक महिनामा साढे १० अर्ब थप

    नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ ।

    images

    नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

    गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसयता सञ्चितिमा २१.८ प्रतिशतको सुधार भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ३० करोड रहेको छ ।

    गत असारमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो । नेपाल राष्ट्र बैंकका अनुसार जेठसम्म रहेको विदेशी मुद्राको सञ्चितिले ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । यो मुद्राले ११.२ महिनाको वस्तु आयात धान्न सक्ने क्षमता राख्छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवस्था बाह्य क्षेत्र व्यवस्थापनमा ‘सहज’ मानिन्छ ।

  • सम्बन्धित विषय:

  • # साढे १० अर्ब थप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology